बालेनविरुद्दको रिट ‘हेर्न नभ्याइने’ सूचीमा


तरुण पत्रिका

५ बैशाख २०८०, मंगलवार १४:२१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

प्रमुख प्रशासनिक निकाय सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपतिको कार्यालयको फोहोर नउठाउने मेयर बालेनको घोषणा गैरकानुनी भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार दायर गरेको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो । मंगलबार उनीविरुद्दको रिटमा अदालतले हेर्न नभ्याइनेमा राखेको हो ।

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार १४:२१