मिटरब्याज पीडितको माग सम्बोधन नगरे सरकारविरुद्ध सडक जाने : अध्यक्ष लिङदेन


तरुण पत्रिका

५ बैशाख २०८०, मंगलवार १५:०७

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।

आज प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि हिजो ९सोमबार० निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भर्त्सना समेत गरे ।

उनले भने, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन राज्य अभिभावक छ निमुखाहरूप्रति राज्य उभिनुपर्ने ठाउँमा न्यायको माग गर्दै आएको मिटरव्याजपीडितहरूलाई सरकारको हिजो जुन ढंगले आक्रमण गरेको छ । त्यसको निन्दा र भर्त्सना गर्छु ।’

 

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार १५:०७