प्रतिनिधिसभामा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस


तरुण पत्रिका

५ बैशाख २०८०, मंगलवार १६:२९

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेस गरेका हुन् ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्नेछ ।

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार १६:२९