मन्त्रिपरिषद् बैठकले गर्यो जग्गाको कित्ताकाट खुला गर्ने निर्णय


तरुण पत्रिका

५ बैशाख २०८०, मंगलवार २१:५८

काठमाडौं । सरकारले जग्गाको कारोवार गर्ने बिचौलीयाहरुको माग अनुसार कित्ताकाट खुला गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भू(उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू(उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।कित्ताकाट खुलाउन घरजग्गा व्यवसायीले सरकारलाई दबाब दिँदै आएका थिए ।

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार २१:५८