राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लाने तयारी


तरुण पत्रिका

५ बैशाख २०८०, मंगलवार २२:०८

अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ। राष्ट्रपति पौडेललाई मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ। पौडेलको थप उपचारका लागि बुधबार बिहान एयर एम्बुलेन्समार्फत भारत लाने तयारी भएको अस्पताल स्रोतले जानकारी दिएको छ।राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघिमात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।हिजो (सोमबार) पनि फलोअपका लागि राष्ट्रपति पौडेल बिहान अस्पताल पुगेका थिए।

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार २२:०८