हेटौंडामा बाघको आक्रमणबाट २ जना घाइते


तरुण पत्रिका

६ बैशाख २०८०, बुधबार १३:०६

हेटौंडा । बाघको आक्रमणबाट हेटौंडामा २ जना घाइते भएका छन् ।

बुधबार बिहानको हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनिहरुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरबाट करिव २०० मिटर जंगलमा बाख्रा चराउन गएका हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने ६५ वर्षका कृष्ण बर्थिङलाई बाघले आक्रमण गरेको थियो ।

घलानको दाहिने कुम, ढाडको बाँया साईड, छातिमा बाघले टोकेको छ भने बाघको टोकाइबाट थिङको घाँटीमा गहिरो चोट लागेको छ । घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घाइते घलानको स्वास्थ्य अवस्था मध्यम रहेको छ भने थिङको अवस्था गम्भिर रहेको छ ।

प्रकाशित: ६ बैशाख २०८०, बुधबार १३:०६