निजी क्षेत्रले २०० मेगावाट बिजुली बेच्ने भारतसंग गर्‍यो सम्झौता


तरुण पत्रिका

६ बैशाख २०८०, बुधबार १३:३६

काठमाडौँ– नेपाल र भारतका निजी क्षेत्रले २०० मेगावाट बिजुली बेच्ने सम्झौता गरेका छन् ।

हिजोदेखि काठमाडौँमा सुरु भएको ‘पावर समिट’ मा नेपाल र भारतका निजी क्षेत्रले २०० मेगावाटसम्म बिजुली बेच्न सम्झौता गरेका हुन् ।

नेपालका निजी क्षेत्रले बिजुलीको वैदेशिक व्यापार गर्ने लक्ष्यसहित स्थापना गरेको नेपाल पावर एक्सचेन्ज ९नेपेक्स० ले भारतको निजी क्षेत्रसँग बिजुली व्यापारको सम्झौता गरेको छ ।

कम्पनीका निर्देशक उत्तम ब्लोनले पावर समिटका क्रममा २०० मेगावाट बिजुली व्यापारको सम्झौता गरेको बताए ।

प्रकाशित: ६ बैशाख २०८०, बुधबार १३:३६