महानगरले सिंहदरबारको फोहोर नउठाएकाे कदमविरुद्ध परेको रिटको सुनुवाइ हुँदै


तरुण पत्रिका

६ बैशाख २०८०, बुधबार १३:५२

काठमाडौं – काठमाडौं महानगरपालिकाले सिंहदरबार फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ।

अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ हुन लागेको हो।

फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने रिटमा उल्लेख छ।

केन्द्र सरकार र स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि रिटमा विपक्षी बनाइएको छ।

यसअघि मंगलबार उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परे पनि हेर्न भ्याइएको थिएन।

काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको ११ दिन बितिसकेको छ।

 

प्रकाशित: ६ बैशाख २०८०, बुधबार १३:५२