गायक दिनेश ढकालको ‘माया नौजाले’ गीत शुक्रबार सार्वजनिक हुने


तरुण पत्रिका

६ बैशाख २०८०, बुधबार १४:०७

काठमाडौं । डेढ वर्ष अघि कालो केशमा रेलिमई गीत बजारमा ल्याएर चर्चा कमाएका गायक दिनेश ढकालले नयाँ गीत ‘माया नौजाले’ गीत ल्याउने भएका छन् । उक्त गीतको अडियो र म्युजिक भिडियोका काम सकिइसकेको छ भने उक्त गीत भोलि शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको गायक ढकालले बताए ।

गायक ढकालले गाएको पहिलो गीत कालोकेशमा रेलिमई गीत निकै रुचाईएको थियो । गीत युट्युवमा करोड क्लवमा दर्ज भइसकेको छ । पहिलो गीतमै चर्चामा आएका ढकालले माया नौजाले गीत निकै मेहनत गरेर सिर्जना गरिएको कोशेलीको रुपमा लिनुपर्ने बताए ।

गायक ढकालको स्वर र लयमा बनाइएको गीतको म्युजिक भिडियो प्रदीप लामाले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा कलाकार प्रदीप लामा, अल्का सुवेदी, दिनेश ढकाललगायतका कलाकारहरु देख्न सकिन्छ । कुशल सिंह र कोबिद बज्राको संगीत रहेको उक्त म्युजिक भिडियोको कोरियोग्राफी पवन सुस्लिङले गरेका छन् ।

प्रकाशित: ६ बैशाख २०८०, बुधबार १४:०७