काठमाडौँ– निजामती कर्मचारीहरूका युनियनहरूले कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकोले आन्दोलनका आन्दोलन गर्ने घोषणा गरेका छन्।
ट्रेड युनियनहरूले यही वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाउने कार्यक्रम पनि सार्वजनिक गरेका छन्।
साथै वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने पनि उनीहरूको आन्दोलनका कार्यक्रममा उल्लेख छ।
कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले आन्दोलन गर्न लागिएको उनले बताए।
कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा तथा सुरक्षालगायतका माग सम्बोधन हुनुपर्ने उनको भनाइ छ।
कर्मचारीहरूका माग सम्बोधन गरी सरकारले चालु अधिवेशनबाटै संघीय निजामती सेवा ऐन ल्याउनुपर्ने पनि उनले बताए।
प्रकाशित: ६ बैशाख २०८०, बुधबार १५:४३