मिटरब्याजपीडितको आन्दोलन आज पनि जारी


तरुण पत्रिका

६ बैशाख २०८०, बुधबार १६:४२

काठमाडौं। मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् ।

शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।

केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

प्रकाशित: ६ बैशाख २०८०, बुधबार १६:४२