काठमाडौँ– अन्नपूर्ण हिमालको क्याम्प ३ बाट फर्कने क्रममा ६ हजार मिटरको खोचबाट खसेर बेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालुको जीवित उद्धार भएको छ ।
यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए ।
अनुरागका भाइ सुधीरले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै अनुराग जिउँदै फेला परेको तर अवस्था गम्भीर रहेको बताएका छन् । ‘उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ, उनी जीवितै छन्,’ भाइ सुधीरले भनेका छन् ।
हाल उनलाई उपचारका लागि अस्पताल लगिएको पनि उनको भनाई छ ।
प्रकाशित: ७ बैशाख २०८०, बिहीबार १२:३६