बलात्कार आराेपमा १ जना पक्राउ


तरुण पत्रिका

७ बैशाख २०८०, बिहीबार १४:१०

दाङ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय दीपेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती किशोरीलाई गत वैशाख ४ गते राति ललाई फकाई सोही उपमहानगरपालिका-१३ फुलबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित: ७ बैशाख २०८०, बिहीबार १४:१०