जाजरकोट । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ४ जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबिसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए । मृतकको ठेगाना खुलेको छैन ।
प्रकाशित: ७ बैशाख २०८०, बिहीबार १४:१९