सुर्खेत– भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
जाजरकोट(डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका २ जना श्रमिकको ज्यान गएको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
नलगाढ नगरपालिका १२ मा पर्ने उक्त पुल भाँचिएपछि अहिले उद्धारकार्य जारी छ । उक्त समयमा पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् भने अन्य ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।
प्रकाशित: ७ बैशाख २०८०, बिहीबार १५:४८