सेयर बजार राताम्मै, १५ दशमलव ७३ अंकले घट्यो


तरुण पत्रिका

७ बैशाख २०८०, बिहीबार १६:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मै भएको छ ।

यसअघि बुधबार १५ दशमलव १३ अंकले बढेको सेयर बजार बिहीबार नेप्से परिसूचक १५ दशमलव ७३ अंकले घटेर १९०४ दशमलव ४० विन्दुमा पुगेको छ । बिहीबार सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएका छ ।

यसैगरी, २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयरको कारोबार हुँदा ९८ करोड ३३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

यसैगरि कुमारी बैंक लि। को ३ करोड ५३ लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ । बिहीबार कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

प्रकाशित: ७ बैशाख २०८०, बिहीबार १६:०९