अर्थ मन्त्रालयमा ३ जना आर्थिक सल्लाहकार नियुक्त


तरुण पत्रिका

७ बैशाख २०८०, बिहीबार १७:२६

काठमाडौं। सरकारले अर्थ मन्त्रालयमा ३ जना आर्थिक सल्लाहकार नियुक्त गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले डा। विश्वनाथ पौडेल, डा। पोषराज पाण्डे र डा। गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन्।

अर्थमा पौडेल र पाण्डे दुवैजना अवैतनिक रुपमा खटिने महतले जनाएको छ। पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पाण्डे पूर्व सदस्य हुन् । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो ।

यसैगरि भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुनुका साथै लामो समय राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग र बैंक सुपरीवेक्षण विभागको नेतृत्व सम्हालिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख हुन् ।

प्रकाशित: ७ बैशाख २०८०, बिहीबार १७:२६