काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ ।
काठमाडौं महानगरपालिकाकाले सीसीटीभी जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको हाे । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० लागि आफ्नो चुनावी बाचा अनुसार चोक चोकमा ९सीसीटीभी० जडानको सुरुवाता भएको बताए ।
शुक्रबार विहान सामाजिक सञ्जालमा मेयर शाहले भने, चुनाब पहिले मैले भनेको थिए चोक चोकमा ९सीसीटीभी० हाल्नेछु , यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ ।
सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको उनले बताए ।
ुसहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको हौं । यो सुरुवात मात्र हो । हामी भविष्यमा अझै धेरै सहकार्य गर्नेछौँ,ु मेयर शाहले लेखेका छन् ।
प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार ११:३०