ओमानविरुद्धको खेलमा कुशल मल्लले गरे पहिलो शतक


तरुण पत्रिका

८ बैशाख २०८०, शुक्रबार १२:१९

काठमाडौं । नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा शतक पूरा गरे । उनले ९ चौका र ९ छक्का प्रहार गरे । ३७औं ओभरको पाँचौ दबलमा अकिब इल्यासलाई छक्का प्रहार गर्दै कुशल मल्लले शतक पूरा गरेका हुन् ।

कुशल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो पाँचौ खेलाडी समेत बने ।

 

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार १२:१९