काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालका तर्फबाट सोमपाल कामीले अर्धशतक पूरा गरेका छन । ओमानविरुद्ध त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सोमपालले अर्धशतक बनाएका हुन् ।
उनले ३९ बलमा सात चौकासहित अर्धशतक पूरा गरे । यसअघि नेपालका लागि कुशल मल्लले शतक पूरा गरे । नेपालले टस हारेर पहिले ब्याटिङ थालेको थियो ।
प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार १२:५३