काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ । युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको छ । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो ।
कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशलको १०८ र सोमपालको रन मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । १९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।
प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार १३:०२