दक्षिणी बङ्गलादेशमा बारुदी सुरुङ विस्फोट हुँदा १ जनाको मृत्यु, १ जना घाइते


तरुण पत्रिका

९ जेष्ठ २०८०, मंगलवार २०:१२

काठमाडौं । दक्षिणपूर्वी बङ्गलादेशको बन्दरबन जिल्लामा मङ्गलबार बारुदी सुरङ्ग विस्फोट हुँदा कम्तीमा १ जनाको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन् ।
बन्दरवनको रुमा प्रहरी चौकीका अधिकृत आलमगीर हुसेनले सिन्ह्वालाई बताएअनुसार बीजीबी (बोर्डर गार्ड बङ्गलादेश) को शिविर नजिकै केही कामदारहरूले शिविरको ठाउँ सफा गर्दै गर्दा बारुदी सुरङ्ग विस्फोट भएको र एक कामदारको मृत्यु भएको थियो ।

“हामीले एक नागरिकको मृत्यु भएको र अर्को घाइते भएको जानकारी पाएका छौं,” प्रहरी अधिकारीले भने । आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन, हुसेनले भने।

Tags :

प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार २०:१२