बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा


तरुण पत्रिका

११ जेष्ठ २०८०, बिहीबार १६:३७

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिएका छन् ।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरेका छन् ।

प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार १६:३७