कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन सरकारलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा जुलुस तथा आमसभा हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभामा सहभागी हुने भएको हो ।
जुलुस दिउँंसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ । जुलुसमा सहभागी भई ऐक्यबद्धता जनाई दिनु हुन सम्पूर्ण वास्तविक कृषक, न्याय प्रेमी जनता, विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारहरूमा सादर आह्वान गरिएको छ ।
प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार १९:३५