मलेसियाविरुद्धको सिरिजका लागि नेपाली टोलीको घोषणा


तरुण पत्रिका

११ जेष्ठ २०८०, बिहीबार २०:२९

मलेसियासँगको टी-ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । मलेसियाविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो ।

नेपाल र घरेलु टोली मलेसियाबीचको सिरिज मे २९ बाट सुरु हुनेछ ।

प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार २०:२९