काठमाडौं महानगरले वडास्तरमै राजस्व अनुगमन गर्ने


तरुण पत्रिका

११ जेष्ठ २०८०, बिहीबार २०:३२

काठमाडौं महानगरपालिकाको राजस्व विभागले वडा कार्यालयहरुलाई पत्र पठाउँदै वडास्तरीय राजस्व अनुगमन गर्न भनेको छ । पत्रमा वडा क्षेत्रभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाए नबुझाएको, व्यवसाय दर्ता र नवीकरण भए/नभएको हेर्न अनुगमन गर्न भनिएको छ । अनुगमनका क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न, प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन अनुरोध गरिएको छ ।

जेठ १ गते बसेको कार्यपालिकाको बैठकले राजस्व अनुगमन गर्ने निर्णय गरेको थियो । अनुगमनमा जनप्रतिनिधि र कर्मचारी रहनेछन् । अनुगमन टोलीको छनोट वडा अध्यक्षले गर्नेछन् ।

प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार २०:३२