काठमाडौं । आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।
यसै प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ।
आजको बैठकमा राष्ट्रपतिले जेठ ५ गते संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गरेको नीति, तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ।
प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ। संसदमा कतिपय सांसदले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको र यसले मुलुकमा आज देखिएको चुनौति चिर्न नसक्ने भन्दै आलोचना गरेका छन् ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार ०७:२७