नेपालका चारजना इन्टरनेसनल रेफ्री क्यान्डिडेट पूर्ण अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका छन् ।
नेपालमा भइरहेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा मुख्य रेफ्रीको भूमिकामा दुई अन्तर्राष्ट्रिय खेल खेलाएसँगै टहल सिंह थापा मगर, विजय केसी, विकास गुरुङ र पूर्ण प्रसाद चौलागाईं अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका हुन् । यि चारै जना रेफ्रीले दक्षिण एसियाली खेलकुद (साग) र सेन्ट्रल जोन जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भुमिका निभाइसकेका छन् ।
यससँगै अब नेपालमा ७ जना इन्टरनेसनल भलिबल रेफ्री भएका छन् । यसअघि गौतम प्रसाद लासिवा, कुल बहादुर राना र चन्द्र वदना राई अन्तर्राष्ट्रिय भलिबल रेफ्री थिए ।
प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार ०८:२२