राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले केही मिडियामा तीन करोड बुझाएको भनेर आएको समाचार आधारहिन रहेको उल्लेख गरेका छन् ।
‘२०८० / ०२ / १० गते केही अनलाईन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु’, विज्ञप्तिमा लेखिएको छ ।
आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध नगरेको श्रेष्ठको जिकिर छ । उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन् ।
प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार ०८:५२