आज (शुक्रबार)बाट दुई नेपाली फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘टुल्की’ र ‘हुक्का’ ।
बहुपतिप्रथाको कथावस्तुमा आधारित फिल्म हो ‘टुल्की’ । डोल्पामा छायांकन गरिएको फिल्मले सामाजिक यथार्थलाई चित्रण गरेको बताइएको छ । फिल्ममा शिशिर बाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ ।
यस्तै शम्भु थापा निर्देशित फिल्म ‘हुक्का’ले मर्मस्पर्शी पारिवारिक कथावस्तु पेश गरेको छ । फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायत कलाकारको अभिनय छ ।
दुबै फिल्मले मल्टीप्लेक्सहरुमा न्युन शो पाएका छन् । यो साता नेपाली बक्स अफिसमा हलिउड फिल्म फास्ट एक्स र गार्डियन्स अफ द ग्यालेक्सी, बलिउड फिल्म केरला स्टोरी र नेपाली फिल्म ‘जारी’ पनि प्रदर्शन भइरहेका छन् ।
प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार १०:५९