विराटनगर महानगरपालिकाको आफ्नै लोगो सार्वजनिक भएको छ । बिहीबार एक कार्यत्रमकोबीच महानगरका मेयर नागेश कोइराला, उप–प्रमुख शिल्पा निरला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलगायतले सार्वजनिक गरेका हुन् ।
१५८ जनाले डिजाइन गरेर पठाएका मध्ये नुरकुमार श्रेष्ठले बनाएको लोगोबाट विराटनगरको पहिचान झल्किएको पाइएपछि छनोट गरिएको हो ।
तर अहिले यो लोगोले विराटनगरको पहिचान झल्काउन नसकेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार १२:१३