विराटनगर- कोसी प्रदेशको नामकरणको विरोधमा भएकाे प्रदर्शनका क्रममा विराटनगरमा झडप भएकाे छ । प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले विराटनगरमा गरेकाे आन्दाेलनका क्रममा झडप भएकाे हाे । विराटनगरको होटल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप भएको हाे । […]