काठमाडौं। धनुषा जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। उनीहरूलाई बुधबार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको उनले बताए। उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न […]